नेभिगेशन
खेलकुद

फाइनलमा नेपाल पराजीत भएपछि राष्ट्रिय टिम छाड्ने प्रशिक्षकको घोषणा

काठमाडौँ– साफ महिला फुटबल च्याम्पियनसिपको फाइनलमा नेपाल पराजीत भएपछि राष्ट्रिय टिमका प्रशिक्षक कुमार थापाले पद त्‍याग गर्ने घोषणा गरेका छन् । उनले आफ्नो लक्ष्य उपाधि जित्ने भएको र त्यो पूरा नभएपछि पद त्याग गर्ने घोषणा गरेका हुन् । उनले भने, ‘मेरो लक्ष्य साफको उपाधि जित्ने थियो । तर त्यो पूरा हुन सकेन । त्यसैले पदमा बसिराख्न औचित्य देखिनँ, अरू प्रशिक्षकलाई स्थान दिनुपर्छ ।’ सोमबार दशरथ रंगशालामा भएको छैंटौं संस्करणको साफ महिला फुटबल च्याम्पियनसिप खेलमा नेपाल बंगलादेशसँग ३– १ गोलले पराजीत भएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद