नेभिगेशन
समाचार

यो सरकार कसरी बन्यो सबै छाताछुल्ल भइसकेको छ : ओली

काठमाडौं–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सरकार भएको भए गत वैशाखमै निर्वाचन भइसकेको हुने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । बैठकमा उनले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार परमादेशबाटै बनेको पुनः दोहोर्याए । यो सरकार संविधान विपरित रहेको र यो प्रतिगमन भएको पनि दावी गरे । यद्यपि, यो सरकारले निर्वाचन तोकिसकेका कारण अब धेरै बहस गर्न जरुरी नभएको बताए । उनले आफू सरकारमा रहिरहेको भए १७ र २७ वैशाखमै भइसकेको हुने बताए । उनले यो सरकारले जेसुकै भने पनि संविधानको उल्लघन गरेको घटना अहिले भइरहेका घटनाक्रम देखाएको पनि बताए । उनले भने, ‘सरकार बनाएको परिवेश त छताछुल्ल भएकै छ । जे भए पनि अब हामी एउटा कोर्षमा गइसकेका छौं । निर्वाचनको मिति तोकिएको छ । यो प्रतिगमन होइन । तर, संविधानविपरित परमादेशबाट सरकार गठन हुनु चाही प्रतिगमन नै हो ।’ बैठकमा उनले यो सरकारले भष्ट्राचारको सन्दर्भमा ‘ ...भन्दा देख्नेलाई लाज’ भने जस्तो गरिरहेको आरोप पनि लगाए । उनले अब छुट्टिने बेलामा धेरै कठोर नबोलने पनि बताए । उनले भने, ‘तितो नबोलौं तर प्रधानमन्त्रीलाई सही बाटो देखाउनै पर्छ ।’ ओलीले आगामी ४ मंसिरमा गठबन्धन र सरकारलाई जनताले जवाफ दिने बताए । ‘सरकारको बारेमा मैले केही भन्न पर्दैन् । मंसिर ४ गते सरकालाई जवाफ जनताले दिनेछन्’,ओलीले भने, ‘गठबन्धनलाई जवाफ दिनेछन्। अहिले म धेरै भन्दिँन । अरु निकायलाई जनताले जवाफ त्यसरी दिन मिल्दैन् ।’ एमालेका विरुद्ध संसद, संसदीय मर्यादाको वास्तै नगरी चल्ने काम भएको बताए । ‘नेकपा एमालेका विरुद्ध संसद, संसदीय मर्यादा आदीको वास्तै नगरेर, आफ्नै कामको पनि वास्ता नगरेर चल्ने काम भए,’ ओलीले भने, ‘यी सबै कुराहरु वास्तवमा लोकतन्त्रलाई कमजोर पार्ने खालका, संविधानको मर्म, भावना र कार्यान्वयनमा प्रतिकुल पार्ने खालको, निहीत स्वार्थलाई केन्द्रभागमा राख्ने काम भए ।’ संसदको यो पाँच वर्षे कार्यकाललाई समग्रमा सफल भएको ओलीले बताए ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार