नेभिगेशन
समाचार

परमादेशको सरकार भन्नुहुन्छ, यही परमादेशले संसदमा हामीलाई भेट गरायो : प्रधानमन्त्री देउवा

काठमाडौं–प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्ष दलका नेताहरूले आफू नेतृत्वको सरकारलाई परमादेशको सरकार भन्ने गरेको र यही परमादेशले आज संसदमा उनीहरूसँग भेट गराएको बताएका छन् । प्रतिनिधिसभाको शनिबार बसेको अन्तिम बैठकलाई सम्बोधन गर्दै उनले परमादेशको सरकार भने पनि यसै निकै राम्रो काम गरेको र धेरै कानुन निर्माण गरेको बताए । उनले बैठकमा आगामी निर्वाचनलाई निश्पक्ष गराउन निर्वाचन आयोगलाई सरकारको सहयोग हुने बताए । उनले वर्षाका कारण आएका बाढी पहिरोबाट भएका क्षतिमा सरकारले उचित क्षतिपुर्ति दिने घोषणा पनि गरे । यस्तै, गए राति अछाममा भएको बाढी पहिरोको क्षतिमाथि सरकारले राहत घोषणा गर्ने बताए । सोही अवसरमा प्रधानमन्त्री देउवाले आगामी दसैं, तिहार र नेपाल सम्बतको सुभकामना पनि दिए । उनले नेकपा एमाले अध्यक्ष ओलीका कारण निर्वाचित संसदले विघटनको समस्या व्यहोर्नु परेको पनि बताए ।‘गणतन्त्र आएपश्चात निर्वाचित संसदले विघटनको पहिलो पटक समस्या ब्यहोर्नु पर्यो,’ प्रधानमन्त्री देउवाले भने, ‘जनताका अधिकार सुरक्षित गर्न जनताले संघर्ष गरी ल्याएको संविधानलाई बचाउन राजनीतिक दलकाबीच सहकार्य गरेर मुलुकलाई पुनः संविधान बमोजिम अघि बढायौं ।’ प्रधानमन्त्रीले आगामी मंसिर ४ मा हुन गइरहेको प्रादेशिक र संघीय निर्वाचन सम्पन्न गर्न सरकारले निर्वाचन आयोगलाई सम्पूर्ण सहयोग गर्ने पनि आश्वासन दिए । ‘निर्वाचन आयोगलाई सरकारको पूर्णसहयोग रहने विश्वास दिलाउन चाहन्छु,’ उनले भने । प्रधानमन्त्री देउवाले बाढी–पहिरो प्रभावितलाई सरकारले राहत र क्षतिपूर्तिको व्यवस्था गर्ने पनि बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार