नेभिगेशन
समाचार

मतदाता घटे, मतदानस्थल थपिए

ताप्लेजुङ–गत स्थानीय चुनावमा भन्दा आउँदो ४ मङसिरमा हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य चुनावका लागि ताप्लेजुङको मतदाता संख्या करिव १ हजार चार सयले घटेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार आउँदो प्रतिनिधि तथा प्रदेशसभा चुनावका लागि ताप्लेजुङको मतदाता संख्या ८८ हजार २ सय ८५ कायम भएको छ । जब की गत स्थानीय तहको चुनावमा यहाँको मतदाता संख्या ८९ हजार ६ सय ८० रहेको थियो । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी विपिन दुलालका अनुसार आउँदो चुनावका लागि ४७ हजार ८० पुरुष र ४१ हजार २ सय ५ महिला मतदाता कायम भएका छन् । २०७४ सालको प्रतिनिधि तथा प्रदेशसभाको चुनावमा ७८ हजार ३ सय ९७ मतदाता थिए । गत स्थानीय तहको चुनावको मतदाता सङख्या भन्दा अद्यावधिक पछि आउँदो चुनावका लागि १ हजार ३ सय ९५ मतदाता घटेपछि २०७४ सालको प्रतिनिधि तथा प्रदेशसभाको चुनावमा भन्दा ९ हजार ८ सय ८८ मतदाता थपिएका छन् । स्थानीय तह चुनावपछि ताप्लेजुङमा २ वटा मतदानस्थल थप भएका छन् । यो सँगै यहाँ ७५ वटा मतदानस्थल कायम भएका छन् । फुङलिङ नगरपालिका–९ स्थित शिव आधारभूत विद्यालय र मिक्वाखोलाको पापुङस्थित सिम्बुक प्राविमा मतदानस्थल थप गरिएको छ । मतदान केन्द्र भने १ सय २३ वटा कायम भएका छन् ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार