नेभिगेशन
जीवनयापन

गठबन्धन सिट बाँडफाँट कार्यदलको बैठकमा शीर्ष नेताहरू समेत सहभागी

काठमाडौँ– सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक अहिले शीर्ष नेताहरूको समेत उपस्थितिमा बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहानदेखि बसेको कार्यदलको बैठकमा आगामी चुनावका लागि सिट बाँडफाँटसँगै निर्वाचन क्षेत्रको टुङ्गो लगाउने गरी तयार पार्न लागिएको प्रतिवेदनलाई अन्तिम रूप दिने प्रयास पछि अहिले पार्टीका शीर्ष नेताहरू समेत सहभागी भई त्यसलाई टुङ्गो लगाउने प्रयास भइरहेको नेताहरूले बताएका छन् । कार्यदलको बैठकले तयार पारेको प्रतिवेदनलाई सोही बैठकमा शीर्ष नेतृत्वलाई बुझाउने तयारी रहेको कार्यदलको सचिवालय सचिव केशवराज जोशीले जानकारी दिए । सत्ता गठबन्धन दलहरुबीच सिट बाँडफाँट र निर्वाचन क्षेत्रको टुङ्गो लगाउन कार्यदलको बैठक निरन्तर बस्दै आएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै