नेभिगेशन
जीवनयापन

गुल्मीमा एमाले र कांग्रेसद्वारा निर्वाचनको लागि उम्मेदवारको नाम सिफारिस

गुल्मी– आगामी मंसिर ४ गते  प्रतिनिधि सभाको देशभर निर्वाचन हुँदै छ । निर्वाचनको मिति नजिकिए सङ्गै राजनीतिदल आफ्ना उम्मेदवार टुंगो लगाउन दौडधुप गरिरहेका छन् । प्रतिनिधि सभाको निर्वाचनले चुनावी माहोल तातिरहेको छ । गुल्मीमा पनि नेकपा एमाले र काङ्ग्रेसले आफ्ना उम्मेदवारको नाम सिफारिस गरिसकेका छन् । आइतबार गुल्मी क्षेत्र नम्बर १ रिडिमा बसेको नेकपा एमाले पार्टीको बैठकले गुल्मी क्षेत्र नम्बर १मा उपमहासचिव तथा पुर्वमन्त्री प्रदीपकुमार ज्ञवालीलाई सर्वसम्मत सिफारिस गरेको छ । ज्ञवालीको नाम उम्मेदवारमा सिफारिस भएसङ्गै सामाजिक सन्जालमा उनका तस्बिर राखेर बधाई तथा शुभकामनाको ओइरो लागेको छ । ज्ञवाली ०५६ सालदेखि ०७४ सालसम्ममा तीन पटक निर्वाचित भएका ज्ञवालीलाई यसपटक पनि सर्वसम्मत उम्मेदवारमा सिफारिस गरेको नेकपा एमाले केन्द्रिय सदस्य एवं गुल्मी जिल्ला इन्चार्ज दिनेश पन्थीले जानकारी दिए । त्यस्तै गुल्मी क्षेत्रनम्बर १ मा नेपाली काङ्ग्रेसले डा चन्द्र भण्डारी सहित ४ जनाको नाम सिफारिस गरेको छ । भण्डारी ,पारिश्वर ढकाल , योगराज कँडेल र भरत बस्नेतको नाम संघिय निर्वाचनको उमेदवारका लागि सिफारिस गरिएको नेपाली काङ्ग्रेस गुल्मी उपसभापति अनन्त पौडेलले जानकारी दिए । २०७० सालको निर्वाचनमा नेपाली कांग्रेसका डा चन्द्र भण्डारीसँग पराजित भएका थिए । यसपटकको निर्वाचनमा एमाले नेता ज्ञवाली र काङ्ग्रेस नेता डा। भण्डारी बिछ कडा प्रतिस्पर्धा हुने देखिएको छ । गुल्मी क्षेत्र नम्बर २मा एमालेबाट पुर्वमन्त्री बिष्ट सहित ३ जनाको नाम सिफारिस गुल्मी क्षेत्र नम्बर २ मा बिगत ३ दशक देखि नेकपा एमालेबाट गोकर्ण बिष्ट सिफारिस हुँदै आएका छन् । यसपटक भने पार्टीले बिष्ट सङ्गै तीनजाको नाम सिफारिस गरेको छ । पार्टीले सचीव तथा पुर्वमन्त्री गोकर्ण बिष्ट सहित राजेन्द्र अर्याल र शेषकान्त गौतमको नाम सिफारिस गरिएको छ । त्यस्तै क्षेत्र नम्बर २ बाट केन्द्रीय सदस्य चन्द्रबहादुर केसी सहित तीन जना नेता प्रतिनिधि सभाका लागि सिफारिस भएका छन् । महासमिति सदस्य डा दामोदर भुसाल र पूर्व महाधिवेशन प्रतिनिधि त्रैलोक्य प्रताप सेना सिफारिस भएको नेपाली काङ्ग्रेस गुल्मीले जनाएको छ । एमाले नेता बिष्ट बिष्ट २०५६ सालदेखि ०७४ सालसम्मा ३ पटकसम्म निर्वाचित भएका हुन्
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै