नेभिगेशन
जीवनयापन

पोखरामा ३९ भूमिहीन सुकुम्बासीलाई लालपूर्जा वितरण

काठमाडौँ– कास्कीको पोखरामा ३९ भूमिहिन सुकुम्वासीलाई जग्गाधनी दर्ता प्रमाण पूर्जा (लालपूर्जा) वितरण गरिएको छ । पोखरा महानगरपालिका वडा नं १४, १९, २८ र ३१ का गरेर ३९ भूमिहिन सुकुम्वासीलाई आइतबार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले लालपूर्जा वितरण गरिन् । लालपूर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले अलिहेको सरकारले राष्ट्रिय भूमिआयोग मार्फत वितरण भइरहेको लालपूर्जा खारेज नहुनेमा ढुक्क हुन आग्रह गरिन्। उनले सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरेर भूमिहिन सकुम्वासीलाई लालपूर्जा वितरण गरिएको र यो अभियान निरन्तर जारी रहने बताइन् । मन्त्री श्रेष्ठले अबको २ वर्षभित्र भूमिसम्बन्धी सम्पूर्ण समस्या समाधान गरिसक्ने गरी सरकार योजना बनाएर अगाडी बढेका र यस अभियानका कोही पनि वास्तविक भूमिहनि सुकुम्वासी भूमि पाउनबाट बन्चीत हुन नहुने बताइन् । उनले भूमिको उचित प्रयोगका लागि भूउपयोग नियमावली कार्यान्वयनमा ल्याइएको भूमि र भूमिको समुचित प्रयोग गरेर सहकारीको माध्यमबाट उत्पादन र उत्पादकत्व बढाएर स्वाधिन अर्थतन्त्रको निर्माण गर्ने दिशामा मुलुक अगाडी बढिसकेको भन्दै छिटो जग्गाको वर्गीकरण गर्न स्थानीय तहहरुलाई आग्रह समेत गरिन् । उनले भूमिको समुचित प्रयोग गरेर कृषि उत्पादन र उत्पादकत्व बढाएर आत्मनिर्भर अर्थतन्त्र विकास गर्न र स्वदेशमा नै रोजगारी सिर्जना गर्ने गरी योजनावद्ध रुपमा सरकार अगाडी बढेको पनि बताइन्। मन्त्री श्रेष्ठले मुक्त हलिया, कमैया, कमलरी र हरवाचरवाको समस्या समाधान गर्न उनीहरुको पहिचान, प्रमाणीकरण गर्ने, कार्यविधि तयार गर्ने र पुर्नस्थापनाको कामका लागि कार्ययोजना बनाएर अगाडी बढीसकेको जानकारी पनि दिइन्। मन्त्री श्रेष्ठले भूमिसँग जोडिएका समस्या समाधान गर्न भूमिको क्षेत्रमा कार्यरत सवै सचेत बन्नु पर्नेमा जोड दिदै संविधानमा लिपिबद्ध नागरिकका हक कार्यान्वयन गर्न कसैले पनि बाधा सिर्जना गर्न नहुने बताइन् ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै