नेभिगेशन
जीवनयापन

गाँजासहित दुई जना पक्राउ

बारा– बारा प्रहरीले अम्लेखगञ्जबाट लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय अम्लेखगञ्जबाट गएको प्रहरी टोलीले ट्रक चेकजाँचको क्रममा ३४ किलो गाँजा बरामद गरेको बारा प्रहरी प्रमुख प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले जानकारी दिए । गाँजासहित पक्राउ पर्नेमा जिल्ला मकवानपुर मनहरी गाउँपालिका ७ बिजौना टोल बस्ने बर्ष ३५ का सुन बहादुर थिङ र सह–चालक जिल्ला मकवानपुर मनहरी गाउँपालिका ०१ चकरी टोल बस्ने बर्ष २० का सुभाष लामा रहेका छन् । ट्रकको पछाडिको भागमा १० वटा बिस्कुटको कार्टुनसँगै रातो प्लाष्टिक भित्र बाँधेर राखिएको अवस्थामा लागुऔषध बरामद गरिएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन