नेभिगेशन
जीवनयापन

सात लाख रकमसहित हुण्डी कारोबारी पक्राउ

पर्सा– प्रहरीले सात लाख रकमसहित हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–१६ शंकराचार्य गेटस्थित सडकबाट स्रोत नखुलेको नगद ७ लाख रूपैयाँसहित बारा जितपुर सिमरा उपमहानगरपालिका–७ बस्ने ५० वर्षीय हरिनारायण प्रसाद कुर्मीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । भारत रक्सौलबाट बिरगञ्जतर्फ आउँदै गरेको ना।२८ प २८९० नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलको सिटमुनी तथा ट्याङ्कीमा लुकाई ल्याएको उक्त नगद फेला पारी हरिनारायणलाई पक्राउ गरेको प्रहरीले बताएको छ । उनी उपर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्धको कसूरमा अनुसन्धान भइरहेको छ ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै