नेभिगेशन
जीवनयापन

गृहमन्त्री खाण रुपन्देहीका दुई वटा क्षेत्रबाट सिफारिस

लुम्बिनी– नेपाली कांग्रेसका प्रभावशाली नेता एवं गृहमन्त्री बालकृष्ण खाण रुपन्देहीका दुई वटा निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा निर्वाचनका लागि सिफारिस भएका छन् । मंसिर ४ गते हुने निर्वाचनका लागि उनलाई रुपन्देही क्षेत्र २ र क्षेत्र ३ ले उम्मेदवारका लागि नाम सिफारिस गरेको हो। निर्वाचन क्षेत्र नम्बर २ बुटवल क्षेत्रमा पर्दछ। त्यस्तै ३ नम्बर भैरहवा क्षेत्र हो। क्षेत्रीय समितिको बैठकले गृहन्त्री खाणको नाम ३ बाट एकल रुपमा सिफारिस गरेको प्रवक्ता लेखनाथ भट्टराईले जानकारी दिए। दुई स्थानबाट नाम सिफारिस भए पनि उनी क्षेत्र नम्बर ३ बाट निर्वाचन लड्ने सम्भावना बढी रहेको प्रवक्ता भट्टराईले जानकारी दिए।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै