नेभिगेशन
जीवनयापन

केही नेपाल ऐन संशोधन गर्ने विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकले केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९” माथि छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला) ले प्रस्तुत गर्नुभएको प्रस्ताव सभाले सर्वसम्मतिबाट स्वीकृत गरेको हो यसअघि सभाले “केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९” लाई प्रस्तुत गर्न प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १०५ र नियम १११ का प्रावधानको समय सीमा छोट्याउन नियमावलीको नियम २५० बमोजिम नियम निलम्बन गर्ने प्रस्ताव बहुमतले पारित गरेको थियो । प्रस्तावमाथि विरोधको सूचना राख्दै सांसद प्रेम सुवालले शासनमा रहेकाहरूले शक्तिको दुरुपयोग गरेर विधेयक ल्याउन समय छोट्याइनु गलत भएको बताए । विरोधका सूचना राख्ने सांसदको जवाफ दिँदै कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला)ले केही नेपाल ऐन संशोधन गर्ने विधेयक, मा अन्तर्राष्ट्रिय कानुन अनुसार कानुनलाई संशोधन गर्न आवश्यक रहेकाले विभिन्न १६ वटा कानुनलाई संशोधन गर्ने गरी विधेयक ल्याइएको बताए । मन्त्री कोइरालाले प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकालको सन्दर्भमा ल्याइएको कानुनको सन्दर्भमा संसद्को कार्यकालबारे पनि स्पष्ट बनाउन जरुरी रहेकाले संशोधन विधेयक ल्याइएको बताए । यसअघि, बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भएको “नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९” का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी सभालाई गराएका थिए। यस्तै विभिन्न समितिमा मनोनयन तथा हेरफेर गर्न सभामुख अग्निप्रसाद सापकोटाले राखेको प्रस्तावलाई बैठकले सहमति जनाएको थियो । प्रतिनिधिसभाको अर्को बैठक भदौ २१ गते मङ्गलवार दिनको १ः०० बजे बस्नेछ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै