नेभिगेशन
जीवनयापन

झापामा एक लाख राशिको ‘नारी पत्रकारिता पुरस्कार’ स्थापना

झापा । नारी सञ्चार गृह झापाले पत्रकारिता पुरस्कार स्थापना गरेको छ । झापाको बिर्तामोडमा संस्थाको ११औँ स्थापना दिवसका अवसरमा हरेक दुई वर्षमा एक पत्रकारलाई रु एक लाख एक हजार एक सयको पुरस्कार प्रदान गर्ने घोषणा गरिएको हो । नारी सञ्चारगृह झापाकी अध्यक्ष भीमा शिवाकोटीले सो पुरस्कारको नाम ‘नारी पत्रकारिता पुरस्कार’ राखिएको जानकारी दिइन् । प्रदेश नं १ भरिका पत्रकार महिलामध्ये उत्कृष्टलाई सो पुरस्कार प्रदान गरिने छ । यसैगरी सोही संस्थाले झापाभरिका पत्रकारमध्ये एक जनालाई हरेक दुई वर्षमा रु २५ हजार पाँच सय राशिको ‘नारी प्रोत्साहन युवा पत्रकारिता पुरस्कार’ प्रदान गर्ने भएको छ । पत्रकारिता क्षेत्रमा क्रियाशील र नवप्रवेश महिलालाई सङ्गठित गर्दै तालिम तथा प्रशिक्षण प्रदान गर्दै उक्त संस्थाले पुरस्कारका लागि रु २५ लाखको अक्षयकोष खडा गरेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै