नेभिगेशन
जीवनयापन

थप १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ७ सय ५६ पिसिआर परिक्षणका क्रममा १ सय १६ जना र १ हजार ६ सय ९४ पिसिआर परिक्षणका क्रममा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण आइतबार कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप २ सय ३० जना निको भएका छन् । हाल नेपालमा २ हजार ५ सय २८ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै