नेभिगेशन
जीवनयापन

सभामुख सापकोटा सिन्धुपाल्चोक १ बाट उम्मेदवार सिफारिस

सिन्धुपाल्चोक– सभामुख अग्निप्रसाद सापकोटा आगामी निर्वाचनका लागि सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं १ बाट उम्मेदवार सिफारिस भएका छन् । मङ्सिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभाका लागि नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोकले उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । १ नं प्रतिनिधि सभा क्षेत्रीय समन्वय समिति सिन्धुपाल्चोकको पूर्ण बैठकले प्रतिनिधि सभा क्षेत्र नम्बर १ र प्रदेश सभाका दुवै क्षेत्रका लागि उम्मेदवार सिफारिस गरेको हो । प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट प्रत्यक्षमा हालका सभामुख अग्नि प्रसाद सापकोटा, फूलम तामाङ, माधव सापकोटा सिफारिस भएका छन् । त्यस्तै समानुपातिकतर्फ खस आर्यबाट पुण्यप्रसाद पराजुली, आदिवासी जनजातिबाट विष्णुकुमार श्रेष्ठ, आदिवासी जनजातिबाटै पूर्णबहादुर तामाङ, दलित गणेश बिक अल्पसङ्ख्यक पार्वती थामी सिफारिस भएका छन् । प्रदेश सभा (क) मा प्रत्यक्षतर्फ सरल सहयात्री सर्वसम्मत सिफारिस भएका छन् । त्यस्तै समानुपातिकतर्फ खस आर्यबाट राजकुमार पौडेल आदिवासी जनजातिबाट लालकान्छा तामाङ, आदिवासी जनजातिबाट ज्ञानेन्द्रबहादुर गुरुङ, दलितबाट राजु खाती, आदिवासी जनजातिबाट आशा गुरुङ शेर्पा, अल्पसङ्ख्यकबाट सुन्दर पहरी सिफारिस भएका छन्। प्रदेश सभा (ख) बाट प्रत्यक्षतर्फ अम्बिका नेपाल, चन्द्र सापकोटा, टिएन सापकोटा, प्रताप सि तामाङ सिफारिस भएका छन्। त्यस्तै समानुपातिक तर्फ खस आर्य अमृता नेपाल, आदिवासी जनजातिबाट गोकर्णदास श्रेष्ठ, आदिवासी जनजातिबाट पदम श्रेष्ठ, दलितबाट सागर परियार, दलितबाट सुभाष सुन्दाश, अपाङ्गबाट टिकाराम पराजुली सिफारिस भएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै