नेभिगेशन
जीवनयापन

रूपन्देही–२ बाट विष्णु पौडेलको एकल नाम सिफारिश

काठमाडौँ– एमालेका उपाध्यक्ष विष्णु पौडेल आगामी निर्वाचनको लागि रूपन्देही–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सिफारिश भएका छन् । उनको नाम एकल रुपमा सिफारिस भएको हो । एमाले क्षेत्रीय कमिटीको आज ९आइतबार० बसेको बैठकले पौडेलको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो। पौडेल २०६४ देखि हालसम्मका सबै निर्वाचनमा यही क्षेत्रबाट चुनाव जित्दै आएका छन् । यो क्षेत्रमा कांग्रेसका बालकृष्ण खाँण चुनाव लड्ने चर्चा छ । उनी गठबन्धनको साझा उम्मेद्धवारको रुपमा मैदान आए पौडेललाई चुनाव जित्न सकस हुने चर्चा छ ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै