नेभिगेशन
जीवनयापन

सर्पसँग होइन, चिनेको मान्छेसँग हामीले डराउने गर्नुपर्छ

बढ्दो उमेरमा मानिसहरु चिनेको मान्छेसँग डराउँदैनन् सर्पसँग डराउँछन् । नचिनेको मानिससँग हामी सतर्क रहन्छौँ । निेको मानिससँग हामी सतर्कता अपनाउँदैनौँ । सर्पलाई जति दूध ख्वाए पनि दूध ख्वाउनेलाई नै डस्छ । मानिसहरुले जसलाई विश्वास गरेको हुन्छ, उसैबाट धोका पाउने हुन्छ । बुवा, काका, मामा आफन्तलाई तपाईंले विश्वास गरेको व्यक्तिबाट धोका पाउनु भएको छ ? भनी सोधौँ सबैले सानो ठूलो धोका पाएकै हुन्छन् । मानिसहरुले जसलाई विश्वास गरेको हो । उसैबाट धोका पाउँदै ३०–३५ वर्षको हुँदा नहुँदै चिनेको मानिससँग डराउन सिक्छन् । त्यसैले किशोरावस्थादेखि नै अरुमाथि विश्वास गरी भर पर्नू आफ्नै कमजोरी हो भन्ने जीवनका वास्तविकता बुझ्न सके बुवा, काका र मामालेजस्तै मान्छे चिन्न १०–१५ वर्ष बिताउनुपर्ने छैन । १५–१६ वर्षदेखि माया गरिरहेका आमाबुवाको कुरा नसुनी भर्खरमात्र माया प्रदर्शन गरेका चुलबुले प्रेमी÷प्रेमिकाको भरपर्दा आफ्नो जीवन नै समाप्त भएमा मान्छे चिन्न १०–१५ वर्ष पनि बिताइरहनु नपर्न सक्छ । सर्पको दाँतमा विष हुन्छ भने बिच्छीको पुच्छरमा । मानिसमा पनि विष हुन्छ । विष नभएका मानिसहरुको संख्या धेरै भएकाले संसार चलेको छ । विष नभएका मानिसहरुबाट त केही समस्यै भएन । विष भएका मानिसहरुको संगतमा परियो भने ? मानिसको हाँसोमा, बोलिमा, हेराईमा, अँगालोमा मात्र होइन शिरदेखि पैतालासम्म विषै विष हुन सक्छ । मानिसहलाई विश्वासम्म मगर्न सकिन्छ तर भर पर्नु हुँदैन । त्यसैले धेरै फूरफुर नगरी किशोरकिशोरी अवस्थादेखि नै मानिसका स्वभावहरु बुझेर आफैँ सतर्कता अपनाई सुरक्षित रहनुको विकल्प छैन । होइन भने उत्ताउली गाई बाघले खाई हुनसक्छ । साभारः ‘उत्तम ज्ञान’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै