नेभिगेशन
जीवनयापन

बुटवलमा सामूहिक पार्क बन्ने

बुटवल–विपी कोइराला, पुष्पलाल श्रेष्ठ र सूर्यप्रसाद प्रधानको स्मृतिमा बुटवलको देवीनगरमा पार्क बन्ने भएको छ । बुटवल उपमहानगरपालिकाले वडा नं ११ देवीनगरमा सो पार्क निर्माण गर्न लागेको हो । गत स्थानीय निर्वाचनबाट निर्वाचित भएर पदस्थापन गरेको सय दिन पूरा भएको अवसरमा शुक्रबार नगरप्रमुख खेलराज पाण्डेयले शुक्रबार सो पार्कको शिलान्याश गरे । कूल १७ कठ्ठा १४ धुरमा बन्ने पार्क सौन्दर्यीकरण गरी घुम्न र विश्राम गर्न लायक बनाइने नगरप्रमुख पाण्डेयले बताए । प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले विपद्का समयमा हुनसक्ने जोखिमका लागि उपयोगी हुने गरी पार्क निर्माण गरिने भएकाले स्थानीयलाई लाभ पुग्ने बताए । हालै बसेको कार्यपालिका बैठकले तीन नेताको स्मृतिमा पार्क निर्माण गर्ने निर्णय गरेको थियो । त्यसको लागि नगरपालिकाले रु ५० लाख बजेट विनियोजन गरेको शिक्षा तथा जनस्वास्थ्य महाशाखाका प्रमुख मित्रमणि खनालले जानकारी गराए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै