नेभिगेशन
जीवनयापन

लेखेरै आफ्नो जीवन सफल बनाएका स्टेफन किंग

चालीस वर्षको उमेरदेखि नै किताब लेखेर हरेक वर्ष एक करोड डलर कमाउँदै आउन सफल भएका छन्— उपन्यासकार स्टेफन किंग । यो अभूतपूर्व सफलताको रहस्य के होला त ? शुरुमा उनी एक असफल मान्छे थिए । जति परिश्रम गरे पनि खान बस्न धौ धौ पथ्र्याे । डेरा भाडा तिर्न नसकेर उनले ट्रेलरमा सुत्नुपरेको थियो । बिल तिर्न नसकेकै कारण उनको फोनसमेत काटिएको थियो । यस्तैमा उनले लेखेरै पेट पाल्ने विचार गरे । उपन्यास लेखियो तर चित्त बुझेन र त्यसलाई टोकरीमै फालियो । एकदिन उनकी श्रीमतीले त्यसै टोकरीबाट त्यही उपन्यास निकाली प्रकाशकसम्म पुर्‍याउने हौसला प्रदान गरिन् । अचम्मसँग यही उपन्यासले उनलाई नाम र दाम दुवै प्रदान गर्न सफल भयो । तपाईंले पनि किंगले जस्तै अधुरो छोड्नु भएको कुनै न कुनै ठूलो काम होला, त्यसलाई आजैबाट पूर्णता दिनति लागेर किंग बन्नोस् । साभारः ‘नव सफलता शास्त्रा’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै