नेभिगेशन
जीवनयापन

फष्ट डेट जादै हुुनुहुन्छ ? महिलाले यी ५ काम गर्दै नगर्नुस्

मन परेको मानिस पाउन कसलाई पो मन नहोला र ? मन परेको मानिस पाउन माया गर्नेहरु जे पनि गर्न तयार हुन्छन् । यस्तोमा आफ्नो पार्टनरलाई आर्कषित गर्न उनीहरु अनेक उपाय अपनाउँछन् । अझ कुरा पहिलो डेटको हो भने त उनीहरु सबै कसर अपनाउँछन् । तर पहिलो डेटमा युवतीहरुले केहि कुरामा भने सावधानी अपनाउनु पर्ने हुन्छ । अन्यथा तपाईंका केहि बानी तपाईंको पुरुष पार्टनरलाई मन नपर्न सक्छ । त्यसैले यी कामहरु भुलेर पनि महिलाले पहिलो डेटमा गर्नु हुदैँन । धेरै मेकअप आफुलाई मन परेको पुरुष साथी आर्कषित गर्ने नाममा केहि युवती धेरै मेकअप गरेर पुग्छन् । तर अधिकाशं पुरुषलाई धेरै मेकअप गर्ने युवती मन पर्दैन । तसर्थ कुनै पुरुष आर्कषित गर्ने चाहनामा हुनुहुन्छ भने सकेसम्म कम मेकअप गर्नुहोस् । गाजल, लिपस्टिक र हल्का पाउडर मात्र लगाएर डेटमा गए सबैभन्दा उत्तम हुन्छ । ढिला नपुग्ने केहि युवती, पुरुषलाई कुराउनु पर्छ भन्ने मानसिकता राख्छन् । यसले भेट्न आएको पुरुष आफु भन्दा पनी भेट्न आतुर छ भनेर देखाउने मनसाय हुन्छ । तर कुनै पनि पुरुषमा पर्खने वा धैर्य गर्ने क्षमता महिलामा भन्दा कम हुन्छ । त्यसैले पर्खाउनु राम्रो होइन । भोकै नबस्नुहोस् फिगर मेनटेनको नाममा केहि महिलाहरु पुरुषसंगको डेटमा सकेसम्म केहि नखाने वा भोको बस्ने गर्दछन् । तर भोको बस्ने महिला पुरुषलाई मन पर्दैन । केहि सिमित पुरुष बाहेक अन्य पुरुषहरु महिलाको फिगरमा भन्दा उनको सोच र ब्यवहारले प्रभावित हुने गर्दछन् । छोटा पहिरन छोटो पहिरन लगाउनु वा नलगाउनु महिलाको स्वतन्त्रताको बिषय हो । तर कोहि पनि पुरुष आफ्नो प्रेमिकालाई छोटो पहिरनमा भेट्न चाहाँदैनन् । क्षणिक अवधिका लागी पुरुषले छोटो पहिरनमा भेटे वा राम्रो देखिएको भने पनि कालन्तरमा उनिहरुले यहि बिषयले तपाईलाई छाड्न सक्छन् । तसर्थ सुन्दर देखिने नाममा छोटो पहिरन नलगाउनु नै राम्रो हुन्छ । बनावटी कुरा अरुको नक्कल वा बनावटि कुरा गर्ने महिला पुरुषहरुलाई मन पर्दैन । उनिहरु साधारण तथा नम्र बोली ब्यवहारलाई मन पराउछन् । त्यसैले तपाईं आफु जस्तो हुनुहुन्छ त्यस्तै रहनुहोला । पुरुषलाई आकर्षित गर्ने नाममा आफ्नो दुःख, वेदना सुनाई हाल्नु हुदैन ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै