नेभिगेशन
जीवनयापन

जब रुख ढल्यो, दर्जनौ उड्न नसक्ने चरा मरे (भिडियो)

मानिस होस् वा कुनै जीव दिनभर जहाँ पुगे पनि साँझमा घर फर्केर गर्ने आरामको कुनै बयान हुन सक्दैन । तर कसैले तपाईंको घर भत्काइ दिए कस्तो होला । पक्कै घर भत्केको देखेर तपाईं रुनु हुन्छ, रिसाउनु हुन्छ । तर यो कुरा पंक्षीको हकमा भए के गर्ने ? पंक्षीको घर भत्केको यस्तै एक भिडियो अहिले भाइरल बनेको छ । यो भिडियो कहाँको हो भन्ने अहिलेसम्म पत्ता लागेको छैन । तर मानिसलाई भने यस भिडियोले निकै भावुक बनाएको छ । कतिपयले रुख काट्ने मानिस क्रुर भएको प्रतिक्रिया दिएका छन् । भिडियोमा एक जेसीबी मेसिनले एउटा ठुलो रुख काट्दछ । रुख ढल्दै गर्दा उड्न सक्ने पंक्षी उडेर जान्छन् । तर केहि चरा, बचेरा र उड्न नसक्नेहरु रुखबाट खसेर केहि मर्छन् । केहि घाइते हुन्छन् । एकसाथ यति धेरै पंक्षी मरेको भिडियाले जो कोहिलाई भावुक बनाउँछ । https://twitter.com/i/status/1565542250158837761
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै