नेभिगेशन
जीवनयापन

स्वामी विवेकानन्दका केही अमर वाणीहरु

१. अपवित्र कल्पना पनि त्यत्तिकै अशुभ हुन्छ जति अपवित्र कर्म हुन्छ, किनकि कामना साग झैं अतृप्त छन् । तिनको आवश्यकता जति जति पूरा गर्दछौं त्यति त्यति तिनको कोलाहल बढ्दछ । २. मैले तिमीहरु सबैसँग यही एउटा कुरा चाहन्छु कि स्वार्थपरता, कलहप्रियता र ईष्र्याको त्याग सदाका लागि गरिदेऊ । तिमी सबैले पृथ्वी माता झैँ सर्वसहिष्णु हुनु पर्दछ । तिमीहरु त्यस्ता बन्न सके सारा संसार तिम्रा पाउमा लुटपुटिनेछ । ३. हामी जति शान्त हुन्छौँ, हाम्रा स्नायु जति कम उत्तेजित हुन्छन् हामी त्यति नै बढी मानव प्रेम गर्न सक्छौँ र हाम्रा काम त्यति नै असल हुन्छन् । ४. आत्माको पवित्रता र शक्तिलाई जुन विचार र कार्यले संकुचित गरिदिन्छन्, त खराब विचार र कार्य हुन् । आत्माको अभिव्यक्तिमा जुन विचार तथा कार्य सहायक हुन्छन् साथै आत्मशक्तिलाई मानौँ प्रकाशित गरिदिन्छन् ती असल र नीतिगत छन् । ५. हामी संसारको ऋणी छौँ, संसार हाम्रो ऋणी छैन । यो त हाम्रो सौभाग्य हो कि हामीलाई संसारमा केही गर्ने अवसर प्राप्त हुन्छ । संसारको सहायता गरेर वास्तवमा हामी स्वयम् आफ्नै कल्याण गर्दछौँ । ६. अर्काको भलो गर्दा आफ्नै भलो हुन्छ र अरुको हित गर्नु आत्मविश्वासको एउटा उपाय हो । साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै