नेभिगेशन
जीवनयापन

राजविराज नगरपालिकाद्वारा घर नक्सा पास गर्ने कार्य स्थगित

राजविराज– राजविराज नगरपालिकाले घर नक्सा पास गर्ने कार्य स्थगित गरेको छ । नगरपालिकाले आज एक सूचना जारी गर्दै घर नक्सा पास तथा अभिलेखीकरण कार्य स्थगित भएको जनाएको छ । प्राविधिक कारणवस स्थगन गर्नुपरेको जनाउँदै यससम्बन्धी अर्को सूचना जारी नभएसम्म उक्त सेवाहरू उपलब्ध गर्न नसकिने सूचनामा जनाइएको छ । ‘यसबाट सेवाग्राहीमा हुन जाने असुविधाप्रति नगर कार्यपालिकाको कार्यालय क्षमाप्रार्थी छ’ सूचनामा भनिएको छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै