केन्यासँग एकदिवसीय खेल खेल्दै नेपाली क्रिकेट टोली

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं–केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज आफ्नो पहिलो एक दिवसीय खेल केन्याविरुद्ध खेल्दैछ । तीन एक दिवसीय श्रृङखलाको पहिलो खेल केन्याको नैरोबीस्थित जेवाईएम खेल मैदानमा दिउसो १२ बजे र४५ मिनेटबाट सुरु हुनेछ । यसअघि भएको पाँच खेलको अन्तर्राष्ट्रिय टी–ट्वान्टी क्रिकेट शृङ्खला नेपालले ३–२ ले आफ्नो पक्षमा पारेको थियो । टी–२० खेलमा ब्याटिङ र बलिङ दुबैमा सुधार गरेकाले एकदिवसीय नतिजा आफ्नो पक्षमा पार्न खेलाडीहरु विश्वस्त छन् । शृङ्खलाको दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुनेछ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०१:४८
प्रतिक्रिया दिनुहोस्