नेभिगेशन
जीवनयापन

नागरिकता विधेयक जस्ताको तस्तै फिर्ता पठाएर राम्रो नजिर बसेनः सांसद राई

काठमाडाैँ – राष्ट्रिय सभाकी सांसद डा. विमला राई पौड्यालले संसद् गठबन्धनका नेताहरूको क्लब जस्तो भएको टिप्पणी गरेकी छन् । बिहीवार राष्ट्रिय सभामा पेस भएको नागरिकता विधेयकसम्बन्धी छलफलमा बोल्दै सांसद राईले यस्तो बताएकी हुन्। उनले राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयकको सम्बन्धमा गठबन्धनको निर्णय जस्तै संसदमा जस्ताको तस्तै पेस गर्ने विषयमा संसद् गठबन्धनका नेताहरूको क्लब जस्तो भएको टिप्पणी गरिन् । उनले संसदका सभामुखहरू क्लबका म्यानेजर जस्तो कुनै छलफल नगर्ने गठबन्धनले जे निर्णय गर्‍यो त्यही हुने गरेको बताए। उनले भनिन्, ‘राष्ट्र प्रमुखले नागरिकता विधेयकमा धेरै पक्षमा अध्ययन गर भनेर संसदमा पठाएपछि केही न केही संशोधन गर्न सक्नुपर्ने थियो । त्यो नगर्नु भनेको राष्ट्राध्यक्षलाई अपमान गरेको मैले ठानेको छु । बालुवाटारभित्र भएको एउटा निर्णयले हामी सबैलाई बाँधेको छ । यो धेरै दुःख लाग्दो विषय हो । राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता पठाएपछि बालुटारमा बसेको गठबन्धनको बैठकले फिर्ता आएको विधेयक घमण्ड र अहङ्कारका साथ जस्ताको त्यस्तै पास गर्ने निर्णय भयो । त्यो बेला मलाई कस्तो लाग्यो भने हाम्रो संसद् गठबन्धनका नेताहरूको क्लब जस्तो लाग्यो । सभामुखहरू क्लबका म्यानेजर हुन् कि क्या हो । संसदमा छलफल नै नगर्ने गठबन्धनले जे निर्णय गर्छ त्यही संसदमा हुन्छ । प्रतिनिधि सभाले गठबन्धनको अहङ्कार नै बोलेर पास भएर आयो ।’ सांसद राईले राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधेयक जस्ताको तस्तै संसदबाट पास गर्नु राष्ट्राध्यक्षलाई अपमान गरेको महसुस भएको बताइन्। राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक जस्ताको तस्तै फिर्ता पठाएर राम्रो नजिर नबसेको उनको भनाइ थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय