आर्सनलको लगातार पाँचौं जित

बिहीबार, मंसिर ८, २०७९

बुधबार राति भएको खेलमा एस्टन भिल्लालाई २/१ गोल अन्तरले हराएर आर्सनलले पाँचौं जित निकालेको हो ।

आर्सनललाई जित दिलाउन ग्राबियल जिसस र गाब्रियल मार्टिनेलीले एक एक गोल गरे । एस्टनका डुग्लास लुइजले एक गोल फर्काए ।

खेलको ३० औं मिनेट जिससले गोल गर्दै टिमलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ७४ औं मिनेटमा एस्टनका लुइजले गोल गर्दै खेल १(१ को बराबरीमा ल्याए ।

त्यसपछि खेलको ७७ औं मिनेटमा मार्टिनेलीले गोल गर्दै आर्सनललाई २(१ को ज्जित दिलाए । यस जितसँगै आर्सनलले ५ खेलमा १५ अंक जोडेको छ । आर्सनल शीर्ष स्थानमा रहेको छ । एस्टन ३ अंक जोडेर पुछारमा रहेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०१:४८
प्रतिक्रिया दिनुहोस्