नेभिगेशन
जीवनयापन

फ्रयाङ्क वुलवर्थको सफलता

संसारको महान खुद्रा व्यवसायी फ्रयाङ्क बुलवर्थको बाल्यकाल ज्यादै गरिबीमा बितेको थियो । उनले ६ महिना नाङ्गै खुट्टा हिँड्नुपथ्र्याे भने जाडोमा लगाउनको लागि न्यानो कपडा हुँदैनथ्यो । यही गरिबीकै कारण उनलाई धनी बन्ने प्रेरणा जाग्यो । २१ वर्षको उमेरमा उनी न्युयोर्क (कारथेज) पुगे । त्यहाँ उनले एउटा स्टोरमा बिना तलब काम गरे । विना तलव काम गर्नुको कारण उनी त्यहाँबाट केही सिक्न र अनुभव हासिल गर्न चाहन्थे । पछि उनी एउटा ड्राइ गुड्स स्टोरमा काम गर्न थाले । यहाँ १५ घण्टा काम गर्दा उनलाई मात्र ५० सेन्ट तलब मिल्थ्यो । केही समयपछि अर्काे एउटा स्टोरमा हप्ताको १० डलर आउने गरी काम गर्न थाले । मालिकले एकदिन उनलाई काम नलाग्ने, अनुभवहीन, अयोग्य भनेर गाली गरे । वुलवर्थ त्यसपछि सबैथोक छाडेर आफ्नो खेतमा काम गर्न फर्किए । त्यहाँ उनी मस्तिष्कघातबाट पीडित भए । एकवर्षपछि अचानक उनलाई उनको पुरानो मालिकले बोलाए । केही समय काम गरिसकेपछि उनको दिमागमा एउटा अनौठो विचार आयो । उनको एउटा यस्तो स्टोर खोल्ने विचार थियो जहाँ प्रत्येक वस्तुको मूल्य ५ अथवा १० सेन्ट होस् । ३०० डलर उधारो लिएर उनले सन् १८७९ मा यस्तो स्टोर खोले, जसले १९११ सम्म आउँदा अमेरिकालगायत अन्य देशमा १००० वटाभन्दा बढी स्टोर खोल्न सफल भयो । उनको सफलताको प्रमाण भनेको १९१३ मा बनेको वुलवर्थ बिल्डिङ, जुन त्यो समयको संसारकै सबभन्दा अग्लो बिल्डिङ थियो । कुनै समय मानसिक असन्तुलनबाट पीडित वुलवर्थसँग मर्ने बेलामा ६.५ करोड डलर व्यक्तिगत सम्पत्ति थियो । वुलवर्थ एक क्रान्तिकारी विचारी कारण सफल भए । त्यही बाटोमा हिँडेकाले उनले आफ्नो असफल जीवनलाई ज्यादै सफल बनाए । साभारः ‘सफलता’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन