नेभिगेशन
जीवनयापन

धनको सदुपयोगः प्रेरक प्रसङ्ग

पण्डित मदनमोहन मालवीय काशी हिन्दू विश्वविद्यालयको निर्माणको लागि ठाउँ–ठाउँमा गएर धन जम्मा गरिरहेका थिए । एकपटक उनी सहायता माग्नको लागि हैदरावादका नबाबकोमा पुगे, तर त्यहाँबाट उनी खाली हात फर्कनुपर्‍याे । हैदरावादमा घुम्दै जाँदा उनको दृष्टि एउटा धनी मानिसको शवमा पुग्यो । जसलाई उनका आफन्तहरुले अन्तिम संस्कार गर्न मशान घाटतिर लगिरहेका थिए । परम्पराअनुसार शवमा पैसा फ्याँकिदै थियो । मालवीय पनि शवयात्रामा सामेल भएर फ्याँकिएको पैसा टिप्न थाले । एउटा सम्पन्न मानिसले यस्तो गरेको देखेर केही मानिसहरुले गाली गरे, तब मालवीयले पूरा घटना बताए, उनी कुन उद्देश्यले हैदरावाद आएका थिए र कसरी उनी खाल हात फर्कनु परिरहेको छ । उनले अगाडि भने, ‘यो पैसा जम्मा पारेर जुन धन प्राप्त हुन्छ त्यो म हैदरावादमा सहयोगको लागि निर्माण कार्यमा लगाउनेछु ।’ यो सुनेर त्यो शवयात्रामा सामेल धनी मानिसहरुमा यस्तो प्रभाव पर्‍याे कि उनीहरुले आपसमा चन्दा जम्मा गरेर कयौँ हजार रुपैयाँ मालवीयलाई दिए । साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना

हङकङ फ्लुको प्रकोप चुलिँदै