नेभिगेशन
जीवनयापन

विलियम शेक्सपीयरका केही अमर वाणीहरु

१. सफा हृदयलाई सजिलैसँग भयभित पार्न सकिन्न । २. मानिसले अस्ताउँदो सूर्य देखेर आफ्नो ढोका बन्द गर्दछन् । ३. प्रत्येक मानिसलाई आफ्नै जीवन प्यारो लाग्दछ । तर महापुरुषलाई आफ्नो जीवनभन्दा पनि बढी प्रिय र मूल्यवान इज्जत लाग्दछ । ४. जो असल छैन, त्यो महान् छैन । ५. जब अत्याचारीले प्रेमको अभिनय गर्छ, तब भने डराउनुपर्छ । ६. चिन्ता जीवनकै शत्रु हो । ७. हरेक मानिसको निन्दा सुन, तर आफ्नो निर्णय गोप्य राख । ८. शोकलाई दृष्टान्तबाट टाढै राख । ९. बढी सुन र कमभन्दा कम बोल । १०. आफ्नो विवेकलाई नै आफ्नो शिक्षब बनाऊ । शब्दलाई कर्मसँग र धर्मलाई शब्दसँग मेल गराउ । साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना

हङकङ फ्लुको प्रकोप चुलिँदै