नेभिगेशन
जीवनयापन

रवीन्द्रलाई केपीले भने–सुत्नुअघि एक घण्टा पढ्छु

काठमाडौं–विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्र र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार बालकोटमा भेटवार्ता भएको छ । उनीहरुबीच करिब अढाई घण्टा छलफल भएको हो । रवीन्द्रले फेसबुकमा आफूले आइतबार साँझ ओलीलाई भेटेको जानकारी दिएका छन् । ‘तपाईं धर्म(संस्कृतिदेखि भूगोल र इतिहासका यति धेरै कुरा कसरी गर्न सक्नुहुन्छ ? मैले सोधेँ। उहाँले भन्नुभयो, “म अहिले पनि राती सुत्नुअघि कम्तीमा एक घण्टा पढ्छु।’, रवीन्द्रले फेसबुकमा लेखेका छन् । भेटमा आसन्न निर्वाचन, देशको राजनीति र भूराजनीति, विदेशी चासो र हस्तक्षेप, राजसंस्थाको आवश्यकता र असान्दर्भिकता, राजनीतिक यात्रा, जेल जीवन र गोलघरको पीडा, चुच्चे नक्सा पारित गर्नु पूर्व भोगेका जटिलता लगायत विषयमा कुराकानी भएको उल्लेख गरेका छन् । उनले आफूलाई ओलीले प्रधानमन्त्री हुँदा छाप्न लगाएको एक र दुई रुपैयाँको एक मुठ्ठी सिक्का ओलीले उपहार दिएको खुलाएका छन् । https://www.facebook.com/rabindramishra.official/posts/635113207973614
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्