नेभिगेशन
जीवनयापन

समानुपातिकका लागि ६८ दलले दिए निवेदन

काठमाडौं–आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समानुपातिक प्रणालीतर्फ भाग लिन ६८ दलले निवेदन दिएका छन्। आयोगले भदौ १० देखि १२ गतेसम्म दिएको समयसीमामा ६८ दलले निवेदन दिएका हुन् । आयोगमा प्रतिनिधि सभा प्रत्यक्षतर्फ भाग लिन यसअघि ७६ दल दर्ता भएको थियो। आयोगले भदौ १५ सम्म निर्वाचन चिन्ह दिने तयारी गरेको छ । त्यस्तै प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फ प्रदेश नम्बर १ मा ५५ दल र मधेशमा ५९ दल, बागमतीमा ५८, गण्डकीमा ५२, लुम्बिनीमा ५४, कर्णालीमा ४९ र सुदूरपश्चिममा ५० दलले निवेदन दिएको निर्वाचन आयोगले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्