खेलाडी अनुबन्धको ‘ड्राफ्ट’ भदौ २१ गते गरिने

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– नेपाल टी–ट्वान्टी लिगको पहिलो संस्करणका लागि खेलाडी अनुबन्धको ‘ड्राफ्ट’ भदौ २१ गते गरिने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले नेपाल टी–ट्वान्टी लिगको खेलाडी अनुबन्धको ड्राफ्ट भदौ २१ गते आयोजना हुने जानकारी दिनुभयो । दर्ता भएका खेलाडीलाई तीन श्रेणीमा वर्गीकरण गरेर ड्राफ्ट गरिनेछ । ‘ए’ श्रेणीका खेलाडीले कम्तीमा १५ लाख पाउने क्यानले यस अघि नै बताइसकेको छ । यस्तै ‘बी’ श्रेणीका खेलाडीले कम्तीमा १० लाख र ‘सी’ श्रेणीका खेलाडीले कम्तीमा ५ लाख पाउने छन् । क्यानले शनिवारबाट खेलाडीको दर्ता प्रक्रिया खुल्ला गरेको थियो । क्यानले भदौ १५ गतेसम्म खेलाडीले आफ्नो नाम दर्ता गर्न सक्ने जनाएको छ । एक टोलीमा जम्मा ११ जना नेपाली खेलाडी रहने छन् । टिम १६ जनाको बनाउनु पर्नेछ । हरेक टोलीले ५ जना विदेशी खेलाडी भित्र्याउन सक्नेछन् । पहिलो संस्करणको प्रतियोगिता आगामी असोज ८ देखि कात्तिक ५ गतेसम्म सञ्चालन हुनेछ । क्यानले प्रतियोगितामा विभिन्न ६ शहरका ६ टोलीको सहभागिता रहने जनाएको छ । क्यानले लिगमा सहभागी रहने चार टोलीको नाम र टिम मालिकको घोषणा गरिसकेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०२:१४
प्रतिक्रिया दिनुहोस्