नेभिगेशन
जीवनयापन

कुर्कच्चा दुखाइको घरेलु उपचार

जसरी पैतालाले सम्पूर्ण शरीरको भार थेग्छ, कुर्कुच्चाले शरीरको झट्कालाई थेग्ने काम गर्दछ । त्यसैले कुर्कुच्चा दुखेमा सम्पूर्ण शरीरलाई असहज हुने गर्दछ । कुर्कुच्चा दुखाइ सामान्य दुखाइजस्तै देखिए पनि यो निको हुन धेरै समय लाग्छ । कुर्कुच्चाको हड्डीमा समस्या भएपछि दुखाइ शुरु हुने गर्छ । कस्सिएको जुत्ता लगाउनु, लामो समयसम्म हिँड्नु, उफ्रनु, लामो समयसम्म चिसोमा टेक्नु आदि कारणहरुले कुर्कुच्चा दुख्ने गर्दछ । त्यस्तै अग्लो हिल जुत्ता लगाउनु र पुराना जुत्ताहरु लगाउनाले पनि कुर्कुच्चाको समस्या देखिने गर्दछ । घरेलु उपचार १. दुखाइ शुरु भएको २ दिनसम्म कुर्कुच्चालाई बरफले सेक्नुपर्दछ । बरफको टुक्राले ५–७ मिनेट मालिस गर्नुपर्दछ । यो प्रक्रियालाई आवश्यकता अनुसार दिनमा ३–४ पल्ट गर्नुपर्दछ । २. २ दिनपछि पनि दुखाई कम नभएमा तातोचिसो सेकले उपचार गर्नुपर्दछ । यसको लागि कुर्कुच्चालाई १५ मिनेट बरफ पानीमा डुबाउने र १५ मिनेट त्यत्तिकै छोडेपछि अर्काे १५ मिनेट तातोपानीमा डुबाउनुपर्दछ । ३. अदुवा पानी उमालेर त्यसमा रुमाल छोपेर सेक्नाले फाइदा गर्छ । ४. पैताला र कुर्कुच्चाले रोटी बेल्ने बेलनालाई थिच्दै कुर्कुच्चाको व्यायाम गर्नुपर्दछ । यो अभ्यास ५–१० मिनेट गर्नुपर्दछ । ५. बेसार, घ्यूकुमारी र अदुवाको लेप बनाई कुर्कुच्चामा मालिस गर्ने र त्यही लेप लगाई ब्याण्डेजले बाँधेर भोलिपल्ट बिहान पखाल्नु पर्दछ । ६. लामो समय दुखाई रहेमा जुत्ताभित्र राखेर लगाउने हिल कुशनको प्रयोग गर्नु लाभदायक हुन्छ । ७. अग्लो हिल जुत्ता पनि दुखाइको कारण बन्ने हुँदा आधा एक इन्च मात्र हिल लगाउनु उपयुक्त हुन्छ ८. जुत्ता पुरानो हुँदै जाँदा यसको कुर्कुच्चालाई थेग्ने र झट्का सहने क्षमता कम हुँदै जाने हुँदा पुरानो जुत्तालाई फेर्नु पर्दछ । ९. दुखाइको बेलामा इलाष्टिक भएको व्याण्डिज हल्का बाँध्नाले फाइदा गर्छ । १०. पल्टिँदा गोडामुनि सिरानी राखी पैतलालाई मुटुको सतहभन्दा केही माथि उठाउनुपर्दछ । साभार: ‘एकसे एक उपचार’ पुस्तकबाट  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्