नेभिगेशन
जीवनयापन

आ–आफ्नो कामः प्रेरक प्रसङ्ग

भारतीय इन्जिनियरिङका पितामह डा. विश्वेश्वरैया सधैं निष्पक्ष ढंगले काम गर्थे । उनी जब मेसुर राज्यका प्रमुख थिए, तब एकपटक कुनै गाउँमा उनको क्याम्प गयो । एकदिन त्यहाँ काम गर्दा उनको औंलामा घाउ भयो । गाउँको डाक्टरले उचित रुपले मलमपट्टी गरिदिए । विश्वेश्वरैयाले २५ रुपैयाँको चेक फिसको रुपमा डाक्टरलाई दिए । चेक फर्काउँदै डाक्टरले भने, ‘मेरो सौभाग्य हो कि मैले तपाईंको सेवा गर्ने अवसर पाएँ ।’ विश्वेश्वरैयाले ती डाक्टरलाई गाली गर्दै भने, ‘हरेक रोगीको सेवा गर्ने मौका तपाईंको सौभाग्य हो । तपाईंले यस्तो महसुस गर्नुपर्छ । जुन मानिसले पैसा तिर्न सक्छ, ऊसँग लिनुपर्छ ताकि जसले पैसा तिर्न सक्दैनन्, उनीहरुको उपचार सित्तैमा होओस् । नभएका मानिससँग पैसा लिने लोभ तपाईंमा नरहोस् । तपाईंले आफ्नो कर्तव्य पूरा गर्नुभयो, कृपया अब मलाई आफ्नो कर्तव्य पूरा गर्न दिनुस् ।’ साभारः ‘प्रेरक प्रसङ्गहरु’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्