नेभिगेशन
जीवनयापन

किङ सी. जिलेटको सफलता

आज जिलेट कम्पनीको कारोबार २०० भन्दा बढी देशहरुमा फैलिसकेको छ र योसँग अर्बौ डलरको सम्पत्ति छ । तर कुनै समय यस्तो पनि थियो कि यस कम्पनीका संस्थापक किङ सि, जिलेट ४९ वर्षको उमेरमा झण्डै कङ्गाल भएका थिए । उनी पूँजीको खोजीमा सधैं भट्किरहन्थे । जिलेटले आफ्नो करियर एउटा हार्डवेयर कम्पनीमा कारिन्दाको रुपमा शुरु गरेका थिए । २१ वर्षको उमेरमा उनी सेल्सम्यान बने र अघिल्ला २८ वर्षसम्म सडकमा भड्किरहे । जिलेटलाई १ पटक कसैले एउटा यस्तो चीज बनाउनु जसलाई एक पटक प्रयोग गरेपछि फेरि प्रयोग गर्न नमिलोस्, जसको कारणले त्यो धेरै मात्र बिकोस् भन्ने सुझाव दिए । यो विचार जिलेटको मनमा बसिरह्यो र उनले यसबारे हरपल सोचिरहे । एकदिन सन् १८९५ मा जब जिलेट एउटा थोत्रो छुराले दाह्री काटिरहेका थिए, अचानक उनको मनमा ब्लेड बनाउने विचार आयो । विचार धेरै दमदार थियो, तर न त उनीसँग ब्लेड बनाउने मेसिन थियो न त पुँजी नै । जब मेसिन बन्यो, तब त्यसको लागत यति धेरै भयो कि जिलेट पूरै ऋणमा डुबे । सन् १९०२ मा बोस्टनका करोडपति जोन जोयसले सस्तो मूल्यमा उनको शेयर खरिद गरेर उनलाई पैसा दिए । जनताले शुरुमा ब्लेडमा धेरै रुचि देखाएनन् । एक वर्षमा मात्रै ५१ वटा ब्लेड बिक्यो, त्यो पनि हुलाकबाट । तर केही समयपछि अमेरिकी पेटेन्ट अफिसले जिलेटलाई रेजरको अधिकार दियो । जिलेटले रेजर र ब्लेड तत्काल पसल पसलमा राखिदिए । त्यसपछि उनको ब्लेड यति धेरै बिक्यो कि यसले दुनियाँको हुलिया नै बदलिदियो । साभारः ‘सफलता’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्