नेभिगेशन
जीवनयापन

दलहरुले महिलालाई प्रत्यक्षमा उम्मेदवार बनाउनु पर्छ : पूर्व सभामुख घर्ती

काठमाडौ - सत्तारु नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य एवं पूर्व सभामुख ओनसरी घर्तीले राजनीतिक दलहरुले आउँदो प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावमा प्रत्यक्षतर्फ बढीभन्दा बढी महिलालाई उम्मेदवार बनाउनुपर्ने बताएकी छन् । पार्टी सम्बद्ध महिला संगठन अखिल नेपाल महिला संघ क्रान्तिकारीले काठमाण्डौमा गरेको कार्यक्रममा बोल्दै उनले हरेक पार्टीमा प्रत्यक्ष चुनाव लड्ने क्षमताका महिला नेताहरु रहेकाले टिकट वितरणमा ध्यान दिन राजनीतिक नेतृत्वलाई आग्रह गरिन् । नेताहरुमा महिलाहरु समानुपातिकका लागि मात्र हुन् भन्ने मनोविज्ञानले घर गरेको र स्वयं महिलाहरु समेत समानुपातिक पद खान लालायित हुने प्रवृत्ति देखिएको उनको भनाइ थियो । माओवादी जनयुद्धका कारण नेपाली महिलाहरुमा जागरण आएको तथा सिंगो समाज महिलामैत्री बन्दै गएको पनि उनले बताइन् । पुरुषहरुलाई पृतृसत्तावादी भनेर गाली गर्ने महिलाहरु आफैं त्यो मनोदशाबाट ग्रस्त भएको उनको टिप्पणी थियो । महिलाले राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश चलाइसकेकाले अब प्रधानमन्त्री बन्ने पालो महिलाको आएको बताइन् । महिलाले आफूलाई राजनीतिमा स्थापित गराउन मनोबल उच्च राख्नुपर्ने उनको भनाइ थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्