नेभिगेशन
जीवनयापन

झापामा प्रतिबन्धित लागूऔषधसहित तीन जना पक्राउ

भद्रपुर– झापामा मङ्गलवार प्रतिबन्धित लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको टोलीले झापा हल्दिबारी ४ का ३५ वर्षीय जेमिल महमदलाई शङ्कास्पद अवस्थामा चेकजाँच गर्दा उनको साथबाट ७ ग्राम ८२ मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो । सोधपुछका क्रममा उनले अन्य दुई जना पनि संलग्न रहेको बताएपछि भारतीय नागरिक जम्मेद आलम र विर्तामोड ५ का २५ वर्षीय अर्जुन राजवंशीलाई नगद ८९ हजार र एक थान स्कुटरसहित हल्दिबारीबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय