नेभिगेशन
जीवनयापन

काठमाडौं मल अगाडिको संरचना हटाउन महानगरले चलायो डोजर

काठमाडौं - काठमाडौं महानगरपालिकाले सुन्धारास्थित काठमाडौं मलअगाडिको अनधिकृत संरचना भत्काउन आज (बुधबार) डोजर लगाएको छ । भवन भाडामा लिएर नक्सापासविपरीत बनाइएका संरचना भत्काइएको महानगर नगर प्रहरी बलका प्रमुख एवं प्रहरी नायब निरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए । महानगरका मेयर बालेन्द्र शाह (बालेन) र काठमाडौं उपत्यका प्रहरी कार्यालयकी प्रमुख एवं डीआइजी मीरा चौधरीसहितको टोलीको उपस्थितिमा संरचना भत्काइएको हो । कर्मचारी सञ्चय कोषको स्वामित्वमा रहेको काठमाडौं मलअगाडि अनधिकृत रूपमा बनाइएका संरचना हटाएर खाली गराउने काम भइरहेको एसपी पाण्डेले जानकारी दिए । सुन्धारा क्षेत्रमा अनधिकृत रूपमा बनाइएका संरचनाहरू हटाइने महानगरले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय