नेभिगेशन
जीवनयापन

सहमति भए प्रचण्डका लागि आफ्नो निर्वाचन क्षेत्र छोड्न राजी छु : मन्त्री यादव

चितवन - जनता समाजवादी पार्टी (जसपा) बाट वनमन्त्री बनेका प्रदीप यादवले सहमति भए आफूले जितेको निर्वाचन क्षेत्र प्रचण्डका लागि छोड्न तयार रहेको बताएका छन् । बुधबार हुलाकी राजमार्ग अन्तर्गत चितवनको माडी नगरपालिका रतनी पुलको उद्घाटन गर्दै उनले प्रचण्डलाई आफ्नो निर्वाचन क्षेत्रबाट चुनाव लड्न अनुरोध समेत गरे । ‘म पर्साबाट प्रतिनिधि सभा सदस्य बनेको हुँ, हामीले प्रचण्ड जस्तो नेता पाउन सकेका छैनौं । म उम्मेदवारबाट पछि हटेर उहाँलाई मेरै क्षेत्रको उम्मेदवार बनाउने इच्छा छ ।’ उनले प्रचण्ड विना गणतन्त्र र यो व्यवस्था सम्भव नभएको उल्लेख गरे । उनले आफ्नो र प्रचण्डको विचार एउटै भएको बताए । प्रचण्डबाट आफू प्रभावित भएको बताउँदै उनले पार्टी फरक भएपनि विचार र सिद्धान्त एउटै भएको उल्लेख गरे ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय