नेभिगेशन
समाचार

हात्तीवनमा प्रचण्ड र नेपालबीच तीन घण्टा वार्ता

काठमाडौं - सत्तारुढ दुई दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच तीन घण्टा लामो भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्डका भाञ्जा गोकुल भण्डारीको घरमा सोमबार बिहान दुई पार्टीका अध्यक्षबीच तीन घण्टा वार्ता भएको हो । सोमबार ललितपुरको हात्तीवनमा दुई नेताबीच भेट भएको प्रचण्डका प्रेस संयोजक सूर्य किरणले पुष्टि गरेका । भेटमा दुई अध्यक्षबीच सत्ता गठबन्धनमा सिट बाँडफाँट कसरी गर्ने भनेर छलफल भएको बताइएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार