नेभिगेशन
समाचार

६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा १९ वर्षीय अन्सारी पक्राउ

झापा– झापामा ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारा जिल्ला घर भई कन्काई नगरपालिका–४ कञ्चन टोल बस्ने १९ वर्षीय सामहम्द अन्सारीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सामहम्दले ती बालिकालाई शुक्रबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस्तै, ललितपुरमा ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । गोदावरी नगरपालिका–५ लेले बस्ने ३४ वर्षीय इन्द्र नगरकोटीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । इन्द्रले ती महिलालाई गत बुधबार साँझ जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । त्यस्तै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार