नेभिगेशन
समाचार

पदाधिकारीको टुंगो लगाउन माओवादी केन्द्रको बैठक बस्दै

काठमाडौं– पदाधिकारी र स्थायी कमिटिलाई पूर्णता दिन नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठक आज पनि बस्ने भएको छ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको हो । पदाधिकारीको टुंगो लगाउन शुक्रबार बोलाइएको बैठक विना निश्कर्ष टुंगिएको थियो । पार्टी प्रवक्ता कृष्णबहादुर महराका अनुसार पदाधिकारीका विषयमा विभिन्न कोणबाट छलफल भए पनि त्यसको निश्कर्ष ननिस्किएकाले शनिबारको बैठकले त्यो विषयलाई टुंगो लगाउनेछ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार