नेभिगेशन
मनोरञ्जन

चितवनबाट छड्के २ को छायांकन सुरु

काठमाडौं–अनमोल केसी स्टारर फिल्म ‘छड्के २’ को शुक्रबार चितवनमा मुहुर्तसँगै छायांकन सुरु भएको छ । कृष्ण जन्माष्टमीको अवसर पारेर फिल्मको छायांकन सुरु गरिएको हो । अनमोलसहितको निर्माण पक्ष केहि दिनदेखि चितवनमै वर्कसप गरिरहेको थियो । निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बन्ने फिल्म अनमोलसँगै रविन तामाङ र कमलमणि नेपालको पनि अभिनय रहनेछ । छायांकन सेटबाट बाहिरिएको तस्विरमा अनमोल जाडोको लुगामा देखिएका छन् । जबकी चितवनमा अहिले गर्मी मौसम छ । हरियो ज्याकेटमा अनमोलले कालो गलबन्दी बाँधेका छन् । अर्का कलाकार कमलमणिलाई सेतो पहिरनमा देख्न सकिन्छ । काभ्रे फिल्म्सको व्यानरमा निर्माण हुने फिल्मसँग मेधा फिल्म्स र निर्वाण फिल्म स्कुलले सहकार्य गरेका छन् । फिल्मको निर्मातामा प्रशान्त गिरी र लक्ष्मण काफ्ले रहेका छन् । ६० दिनको छायांकन सेड्युल निकालिएको फिल्म चितवन र मुस्ताङमा खिचिनेछ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय