नेभिगेशन
जीवनयापन

बिमा रकम भुक्तानीबारे चिन्ता लिन आवश्यक छैन : स्वास्थ्यमन्त्री खापुङ

काठमाडौं - स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले अस्पतालहरूले स्वास्थ्य बिमा बापतको रकम भुक्तानीको विषयमा चिन्ता लिन आवश्यक नभएको बताएका छन् ।

सोमबार नेपाल उद्योग वाणिज्य महसंघले काठमाडौंमा स्वास्थ्य बिमासम्बन्धी अन्तर्क्रिरया कार्यक्रममा बोल्दै मन्त्री खापुङले स्वास्थ्य बिमा राज्यको कार्यक्रम भएकाले अस्पतालहरूले स्वास्थ्य बिमाबापतको रकम भुक्तानीको विषयमा चिन्ता लिन आवश्यकता नभएको बताएका हुन् ।

मन्त्री खापुङले अहिले स्वास्थ्य बिमामा देखिएका समस्या समाधान गर्नको लागि मन्त्रालय तयार रहेको पनि बताए । मन्त्री खापुङले स्वास्थ्य बिमाबापतको रकम भुक्तानीको लागि सरकारी र निजी अस्पतालहरूका कमीकमजोरी देखिएको बताए । स्वास्थ्य बिमा गर्ने व्यक्तिहरूले समेत बिमा गरेकै छु भनी आवश्यकताभन्दा बढी प्रयोग गर्न खोजेकाले पनि समस्या आएको उनको भनाइ थियो । उनले सरकार स्वास्थ्य बिमा कार्यक्रमलाई व्यवस्थित बनाएर सबै जनतामा पुर्याउने र बिमा रकम वृद्धि गर्ने विषयमा राज्यमन्त्रीको नेतृत्वमा सुझाव कार्यदल बनाएर अगाडि बढेको जानकारी दिए । ‘स्वास्थ्य बिमामा देखिएका समस्या समाधान गर्न स्वास्थ्य मन्त्रालय तयार छ । स्वास्थ्य बिमाबापतको रकम भुक्तानी नै हुँदैन कि भन्ने चिन्ता छ । त्यो विषयमा चिन्ता लिनुपर्ने आवश्यकता छैन,’ उनले भने, ‘स्वास्थ्य बिमा राज्यको एउटा कार्यक्रम हो ।’

दरबन्दी र कामै नभएको आर्यघाटमा समेत सातजना डाक्टर रहेको भन्दै मन्त्री खापुङले काठमाडौंमा डाक्टर अत्याधिक भए पनि काम केही नभएको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्