नेभिगेशन
जीवनयापन

काठमाडौं उपत्यकामा एकै दिन २,९३० सवारी चालकमाथि कारवाही

काठमाडौं - ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकै दिन २ हजार ९३० जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण आइतबार उनीहरुलाई उपत्यकाको विभिन्न स्थानमा कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १४२, लेन अनुशासन पालना नगर्ने ७२, रेड लाइटमा सवारी साधन चलाउने ८४ र नम्वर प्लेट राम्रोसँग नराख्ने ३८ जना सवारी चालक रहेका छन् । यस्तै, २,५९४ जना सवारी चालकलाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्