नेभिगेशन
मनोरञ्जन

मिस्टर एण्ड मिस थारुमा ५१ प्रतिष्पर्धी

काठमाडौं– थारु कला, संस्कृति प्रवद्र्धनका लागि आयोजना हुन लागेको सौन्दर्य प्रतियोगिता ‘मिस्टर एण्ड मिस थारु–२०२२’ पुरुष र महिला गरी ५१ जना प्रतिष्पर्धी छनोट भएका छन् । काठमाडौं, बुटवल र दाङमा शनिबार अडिसन सकिएसँगै अन्तिम प्रतिस्पर्धीहरूको टुङ्गो लागेको हो । अन्तिम अडिसनमा काठमाडौंबाट १९, बुटवलबाट ५ र दाङबाट २ जना लागि छनोट भएका छन् । अडिसन पूर्वदेखि पश्चिम नेपालसम्मका प्रमुख १० जिल्लाका शहरहरुमा गरिएको थियो । यसअघिको अडिसनमा विराटनगरबाट ३, लहानबाट ३, टीकापुरबाट ३, झुम्काबाट ३, वीरगञ्जबाट ३, भरतपुरबाट ४, नेपालगञ्जबाट ६ जना छनोट भएका थिए । आयोजक जहइन्टरटेनमेन्टका प्रमुख कार्यकारी अधिकृत सुरेश चौधरीले अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका प्रतियोगीहरूको विशेष प्रशिक्षण भदौं पहिलो साताबाटै काठमाडौंमा सुरु हुने बताए । प्रतियोगिताका विजेताहरुले नगद, क्राउनलगायतका अन्य उपहारहरु पाउने छन् । गत वर्ष तेस्रो संस्करणको फिनाले चितवनमा भएको थियो । सन् २०१७ देखि सुरुवात भएको प्रतियोगिताको पहिलो संस्करणमा चन्दन चौधरी ‘मिस्टर थारु’ र जेनिशा चौधरी ‘मिस थारु’ भएका थिए । त्यस्तै २०१८ को ‘मिस्टर थारु’ रवीन चौधरी र ‘मिस थारु’ आकृति चौधरी तथा २०२१ मा भएको तेस्रो संस्करणमा प्रशान्त हुजदार ‘मिस्टर थारु’ र लिभा थारु ‘मिस थारु’ भएका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन

एज इज जस्ट नम्बर, रबिना