नेभिगेशन
जीवनयापन

पद्मश्री पुरस्कारका लागि पाँच पुस्तक छानिए

काठमाडौँ– पद्मश्री साहित्य पुरस्कारका लागि पाँच पुस्तक छानिएका छन्। खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले यस वर्षको पद्यश्री पुरस्कारका लागि पाँच पुस्तकको सूची सार्वजनिक गरेको हो। प्रतिष्ठान अनुसार सार्वजनिक गरिएको सूचीमा डा नवराज लम्सालको ‘अग्नि’, केशवराज ज्ञवालीको ‘अर्को भोर’, उषा हमालको ‘भिक्षुसँग प्रेम’, दिपक पराजुलीको ‘मिथ्या’ र केवल बिनाबीको ‘यादहरूको संग्रहालय’ रहेका छन्। पाँचमध्ये उत्कृष्ट कृतिलाई पद्यश्री पुरस्कार दिइनेछ। १५ असारमा २०७८ मा प्रकाशित भएर प्रतिष्ठानमा प्राप्त भएका कृतिहरूमध्येबाट १५ वटा कृतिको सूची सार्वजनिक गरिएको थियो। यी सूची खुला स्वतन्त्र निर्णायक समितिको सिफारिसमा सार्वजनिक गरिएको थियो। हाल सार्वजनिक पाँच पुस्तकको सूचीबाट उत्कृष्ट कृति छानेर पुरस्कृत गरिने प्रतिष्ठानले जनाएको छ।    
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्