नेभिगेशन
जीवनयापन

सन्त कबीरका केही अमर वाणीहरु

१. धेरै पण्डित विद्वान् पढ्दापढ्दै र गुन्दागुन्दै थाकेर मर्दछन्, तर कुनै लाभ छैन । किनकि गुरु बिना ज्ञान पाइन्न । जबसम्म ज्ञान हुँदैन, तबसम्म सांसारिक बन्धनबाट मुक्ति हुँदैन । यो सत्य शब्द सार हो । २. भ्रम र शंका त्यागेर, परमश्रद्धाले पूर्ण भएर बालकले झैं गुरु–ज्ञान रुपी दूग्ध पान गर । अहङ्कारको परित्याग गर, सहज भावले गुरु–चरणको शरण लेऊ, अनिमात्र कालको दुःखबाट यो जीव बच्न सक्ला । ३. ध्यानका निम्ति गुरु–स्वरुपको ध्यान सर्वाेत्तम छ । पूजाका निम्ति गुरु–चरणको पूजा पावन छ । सत्यज्ञानका निम्ति गुरुका सदुपदेश प्रवचनको विकल्प छैन । सत्य साक्षात्कारका लागि परम जिज्ञासा अत्यावश्यक छ । अर्थात् शिष्यका लागि एकमात्र गुरु नै सर्वस्व हुन् । ४. गुरुको हप्काई पिताको प्रेमभन्दा पनि असल हो । ५. गुरु परमात्माकै रुप हो । गुरु अन्तर्मन हेर्ने सुक्ष्म दृष्टि राख्दछन् । ६. मनलाई नै आफ्नो शिष्य, सेवक बनाऊ र उसैलाई ज्ञानेपदेश देऊ । अर्थात् अन्य जनलाई छोडेर सर्वप्रथम मनलाई ज्ञान–विचारले दीक्षित गरी पवित्र बनाऊ । यसप्रकार जसले आफ्नो मनलाई वशमा राख्न सक्छ संसार नै उसको शिष्य बन्दछ । साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय