नेभिगेशन
मनोरञ्जन

मिस्टर एण्ड मिस थारुमा ५१ प्रतिष्पर्धी

काठमाडौं–थारु कला, संस्कृति प्रवद्र्धनका लागि आयोजित सौन्दर्य प्रतियोगिता ‘मिस्टर एण्ड मिस थारु २०२२’ उपाधिका लागि देशभरबाट पुरुष र महिला गरी ५१ जना प्रतिस्पर्धी फाइनल भएका छन् । काठमाडौं, बुटवल र दाङमा शनिबार गरिएको अडिसनसँगै अन्तिम प्रतिस्पर्धीहरुको टुंगो लागेको हो । अन्तिम अडिसनमा काठमाडौंबाट १९, बुटवलबाट ५ र दाङबाट २ अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका छन् । अडिसन पूर्वदेखि पश्चिम नेपालसम्मका प्रमुख १० जिल्लाका शहरहरुमा गरिएको थियो । यसअघि भएको अडिसनमा विराटनगरबाट ३, लहानबाट ३, टिकापुरबाट ३, झुम्काबाट ३, वीरगञ्जबाट ३, भरतपुरबाट ४, नेपालगञ्जबाट ६ जना छनोट भएका थिए । अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका प्रतियोगीहरुको विशेष प्रशिक्षण कार्यक्रम भदौं पहिलो साताबाटै काठमाडौँमा सुरु गरिने आयोजक जहइन्टरटेनेमन्टका प्रमुख कार्यकारी अधिकृत सुरेश चौधरीले जानकारी दिए । उनीहरुलाई ग्राण्ड फिनालेको केही दिन अगाडिसम्म विभिन्न विषयमा महत्वपूर्ण प्रशिक्षण दिइने छ । प्रतियोगिताका विजेताहरुले नगद, क्राउनलगायतका अन्य उपहारहरु पाउने छन् । यसपटकको ग्राण्ड फिनाले काठमाडौंँमा गर्ने आयोजकको तयारी छ । गत सम्पन्न तेस्रो संस्करणको ग्राण्ड फिनाले चितवनमा गरिएको थियो । यो प्रतियोगिता सन् २०१७ देखि सुरुवात भएको थियो । पहिलो संस्करणको मिस्टर थारु चन्दन चौधरी भएका थिए भने मिस थारु जेनिशा चौधरी भएकी थिइन् । त्यस्तै २०१८ को मिस्टर थारु रविन चौधरी र मिस थारु आकृति चौधरी भएकी थिइन् । २०२१ मा भएको तेस्रो संस्करणको मिस्टर थारु प्रशान्त हुजदार हुँदा मिस थारु लिभा थारु भएकी थिइन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय