नेभिगेशन
जीवनयापन

बालेनले भेटे निहारिका, भने, ‘डीएनए टेस्टका लागि एउटी आमा जल्न तयार हुनुपर्ने ?’

काठमाडौँ - काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले त्रिवि शिक्षण अस्पतालमा रहेकी निहारिका राजपुतलाई भेटेका छन् ।

मेयर शाहले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत् तस्बिर राख्दै भनेका छन्, ‘आफ्नो बच्चाको डिएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ । यति गर्न एउटी आमाले जल्न तयार हुनुपर्ने ? यो अत्ति हो । यो अत्याचार हो । कानुनी राज्य यस्तो हुँदैन । अभिभावक भनिने राज्य यस्तो हुनु हुँदैन ।’

बलात्कारबाट जन्मिएको आफ्नो बच्चाको डिएनए परीक्षण गर्न माग गर्दै निहारिका काठमाडौँको माइतीघरमा लामो समयदेखि आन्दोलित थिइन् । उनले आफू बलात्कृत भएको र प्रशासनले कानूनी लडाइँमा सहयोग नगरेको भन्दै गुनासोसहित शुक्रबार राष्ट्रपति भवन शितल निवासअघि पुगेर आत्महत्या गर्ने प्रयास गरेकी थिइन् ।

आत्महत्या प्रयास गरेकी निहारिका त्रिवि शिक्षण अस्पताल भर्ना भएकी थिइन् । उनलाई भेट्न आज मेयर शाह त्रिवि शिक्षण अस्पतालमा पुगेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्