नेभिगेशन
जीवनयापन

नेपाल-भारत सम्बन्ध आर्थिक समृद्धिमा केन्द्रित हुनुपर्छ : उपसभामुख भुषाल

पर्सा - उपसभामुख पुष्पा भुषालले नेपाल भारतबीच रहेको परम्परागत सम्बन्धलाई आगामी दिनमा आर्थिक विकासमा केन्द्रीत गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ । रक्षावन्धनको अवसरमा आज पर्साको वीरगञ्जमा नेपाल-भारत सहयोग मन्चद्वारा आयोजित कार्यक्रममा उनले सामाजिक, सांस्कृतिक र कुटनीतिक रुपमा रहेको सम्बन्ध आर्थिक क्रियाकलाप र पूर्वाधार विकासमा विस्तार गर्नुपर्ने धारणा राखिन् । भारतका सांसद एवंम् भारतीय जनता पार्टीका नेता डा. सञ्जय जयसवालले नेपाल र भारतबीचको सम्बन्ध आगामी दिनमा अझै बलियो र सुमधुर बनाउँदै लानुपर्ने धारणा राखे । मधेश प्रदेशका खानेपानी तथा ऊर्जा विकास मन्त्री ओमप्रकाश शर्मा, पूर्वमन्त्री अजय चौरसिया, वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलगायतले नेपाल र भारतबीचको ऐतिहासिक सम्वन्धबारे सो अवसरमा चर्चा गरेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्